विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ १० गते, बेलुका ४:०० बजे देखि ५:१५ बजेसम्म बसेको सञ्चालक समितिको १५६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई २१.०५२६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम रु. ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर र १.०५२६ प्रतिशतले हुन आउने रकम रु. ३३ लाख ६८ हजार ४२१ रुपैयाँ ०५ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा चुक्ता पुँजीको २०.०३१ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.०५४ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.