नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०७९/०८० जेठ महिनासम्मको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले रु. ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् भने सो अवधिको जेठ महिनामा मात्र रु. ३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाउँछ।
चालु आर्थिक वर्षको जेठ महिनासम्ममा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्सकाे प्रभुत्व :
कुल १४ वटा निर्जीवन बीमा कम्पनीहरू मध्य शिखर इन्स्योरेन्सले रु. ४ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसतै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रु. ४ अर्ब ०८ करोड, सिद्धार्थ प्रिमियरले सर्वाधिक रु. ४ अर्ब ०१ करोड, युनाइटेड अजोड इन्स्याेरेन्सले रु. ३ अर्ब १४ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले रु. ३ अर्ब ०६ करोड, आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३ करोड ०१ लाख बीमा शुल्क सङ्कलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सले रु. २ अर्ब ६६ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड, एनएलजी इन्स्याेरेन्सले रु. २ अर्ब १४ करोड, सानिमा जिआईसी इन्स्याेरेन्सले २ अर्ब ०४ करोड, नेपाल इन्स्योरेन्सले रु. १ अर्ब ४१ करोड, प्रभु इन्स्योरेन्सले रु. १ अर्ब ४० करोड, दि. ओरिएन्टल इन्स्योरेन्सले रु. १ अर्ब २४ करोड र नेशनल इन्स्योरेन्सले रु. ९० करोड ७५ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ३६ अर्ब अधिक, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
