हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले जेठ महिनासम्ममा १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य २७ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने १ खर्ब ६ अर्ब ५ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
जेठ महिनामा मात्र कम्पनीहरूले ३ अर्ब ३३ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८ अर्ब ९३ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी १२ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा ११ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
नवीकरण र प्रथम बीमा शुल्क दुवै बढ्यो
दुवै प्रथम तथा नवीकरण बीमा शुल्क भने वैशाख महिनाको तुलनामा बढेको छ । वैशाख महिनामा २ अर्ब ७७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेका कम्पनीहरूले जेठ महिनामा ३ अर्ब ३३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यता वैशाखमा नवीकरण बीमा शुल्क ८ अर्ब ५० करोड रुपैयाँ रहेकोमा जेठमा भने ८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
नेपाल लाइफको सर्वाधिक व्यापार
जेठ महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । ११ महिनामा नेपाल लाइफले ३५ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले १५ अर्ब ९८ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १ खर्ब ३३ अर्ब, नेपाल लाइफको अग्रता कायमै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
