चालु आर्थिक वर्षको वैशाख महिनामा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १५ जीवन बीमा कम्पनीहरूले कुल रु. ९ अर्ब ३७ करोड बीमा शुल्क सङ्कलन गरेका छन् ।
चालु आर्थिक वर्षको वैशाख महिनामा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्याेरेन्सकाे प्रभुत्व :
चालु आर्थिक वर्षको वैशाख महिनामा नेपाल लाइफ इन्स्याेरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ अधिक कुल बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले १ अर्ब २४ करोड रुपैयाँ, नेश्नल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १ अर्ब ०२ करोड रुपैयाँ, सूर्यज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५७ करोड २९ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४९ करोड ४६ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ४७ करोड ८३ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ४० करोड २४ लाख रुपैयाँ र मेट लाइफले ३९ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्।
मर्जर अघि युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ४७ करोड ४४ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १८ करोड ६५ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १४ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् भने युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले १५ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको वैशाख महिनामा सानीमा रिलायन्स लाइफ इन्स्याेरेन्स लिमिटेडले ३४ करोड ०५ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले २७ करोड ९४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले २६ करोड ३९ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले २६ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको देखिन्छ ।
त्यस्तै, प्रभु लाइफ इन्स्याेरेन्स लिमिटेडले १३ करोड ६४ लाख रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्याेरेन्स लिमिटेडले १२ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
वैशाख महिनामा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ९ अर्ब अधिक, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
