चालु आर्थिक वर्षको असोज महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १४ निर्जीवन बीमा कम्पनीहरूले कुल रु. १० अर्ब ४४ करोड बीमा शुल्क सङ्कलन गरेका छन् ।
चालु आर्थिक वर्षको असोज महिनामा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे प्रभुत्व :
कुल १४ वटा निर्जीवन बीमा कम्पनीहरू मध्य सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रु. १ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रु. १ अर्ब ६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले रु. ९४ करोड ८३ लाख, आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ८६ करोड १५ लाख, नेको इन्स्योरेन्सले रु. ८४ करोड ३ लाख, युनाइटेड अजोड इन्स्याेरेन्सले रु. ७० करोड १८ लाख बीमा शुल्क सङ्कलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
त्यस्तै, एनएलजी इन्स्याेरेन्सले रु. ६७ करोड ५५ लाख, सानिमा जिआईसी इन्स्याेरेन्सले ५९ करोड ९४ लाख, प्रभु इन्स्योरेन्सले रु. ५६ करोड ५८ लाख, राष्ट्रिय बीमा कम्पनीले रु. ५५ करोड ४८ लाख, दि. ओरिएन्टल इन्स्योरेन्सले रु. ५२ करोड ५९ लाख, नेपाल इन्स्योरेन्सले रु. ३७ करोड ५२ लाख र नेशनल इन्स्योरेन्सले रु. ३७ करोड २० लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
असोज महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १० अर्ब ४४ करोड, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

100.00%

0.00%

0.00%

0.00%
