आईएमई लाइफ इन्स्योरेन्स: विगत पाँच वर्ष देखिको सफल व्यावसायिक यात्रा

आइएमई समूहद्वारा प्रवर्द्धित आईएमई लाइफ इन्स्योरेन्सले २०६५ साल आश्विन १५ मा दर्ता भई २०७४ साल भाद्र १ देखि नयाँ जीवन बीमा कम्पनीको रूपमा कारोबार सञ्चालन गरेको हो । 

इन्स्योरेन्सको सञ्चालक समिति
हाल इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा डा. रामहरि अर्याल हुनुहुन्छ भने अन्य सञ्चालकमा दिप चन्द्र रेग्मी, उषा ढकाल र विनोद केसी (स्वतन्त्र सञ्चालक) हुनुहुन्छ । 

 

इन्स्योरेन्सको उच्च व्यवस्थापन समूह
इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कबि फुयाँल हुनुहुन्छ। फुयाँल इन्स्योरेन्स समुदायमा एक प्रखर विश्लेषक एवं कुशल नेतृत्वदायी तथा व्यवस्थापकीय क्षमता भएका व्यक्तिको रूपमा समेत परिचित हुनुहुन्छ। त्यस्तै उच्च व्यवस्थापन समूहमा दिनेश अमात्य, सुदिप राणा, जगत बोहरा र मनोज चौधरी हुनुहुन्छ ।

 

इन्स्योरेन्सका ठुला शेयर धनीहरू
आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन अनुसार इन्स्याेरेन्समा सबै भन्दा धेरै चन्द्र प्रसाद ढकाल र हेम राज ढकालको समान १६.१६ प्रतिशत अर्थात् २२ लाख ६२ हजार ५०० कित्ता शेयर रहेको छ । त्यस्तै ग्लोबल आइएमई बैङ्कको १४.२९ प्रतिशत अर्थात् २० लाख कित्ता शेयर रहेको छ भने आईएमई लिमिटेडको ४.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर, एशियन डिस्ट्रिब्यूटरको ३.५७ प्रतिशत अर्थात् ५ लाख कित्ता शेयर साथै मीन बहादुर गुरूङ्गकाे ३.३२ प्रतिशत अर्थात् ४ लाख ६५ हजार कित्ता शेयर रहेको छ।

 

५ वर्ष अघि र आजको आईएमई लाइफ इन्स्योरेन्स
विगत ५ वर्ष देखि इन्स्योरेन्सले प्रति शेयर किताबी मूल्य अर्थात् प्रति शेयर नेटवर्थ बढाउन सफल भएको छ । ५ वर्ष अघि १०९ रुपैयाँ २ पैसा प्रति शेयर नेटवर्थ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा १७६ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

५ वर्ष अघि ११ करोड ५५ लाख खुद नाफा कमाएको इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ मा ३२ करोड ५३ लाख खुद नाफा कमाउँदा, ५ वर्ष अघि ८ रुपैयाँ २५ पैसा रहेको प्रति शेयर आम्दानी आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा २३ रुपैयाँ २४ पैसा पुगेको छ ।

त्यस्तै ५ वर्ष अघि आरओइ (ROE) ७.५७ प्रतिशत, आरओआइ (ROI) १०.०९ प्रतिशत र आरओए (ROA) ५.९४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा आरओइ (ROE) १३.१६ प्रतिशत, आरओआइ (ROI) ८.२१ प्रतिशत र आरओए (ROA) ४.२६ प्रतिशत कायम भएको छ ।

५ वर्ष अघि ४४ शाखा सञ्जाल भएको आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा १४९ शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको छ। त्यस्तै ५ वर्ष अघि सो इन्स्याेरेन्सका ३ हजार ३१० अभितर्काहरू थिए भने २०७९ असार मसान्तसम्ममा इन्स्याेरेन्सका २६ हजार ५२५ अभितर्काहरू रहेका छन् ।

इन्स्याेरेन्सकाे ५ वर्ष अघि जीवन बीमा कोष २० करोड ८१ लाख रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ सम्ममा सो कोष ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो र आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमास सम्ममा जीवन बीमा कोष ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै  इन्स्याेरेन्सले आर्थिक वर्ष २०७४/७५ मा ५३ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको थियो र आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमास सम्ममा २ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।


आइपिओ पश्चात् झन् मजबुत बन्दै
आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपिओ निष्कासन गर्नका लागि धिताेपत्र बाेडमा आवेदन दिएको छ । कम्पनीले अङ्कित मूल्य  १०० रुपैयाँमा  १७६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २७६ रुपैयाँमा १ करोड २० लाख कित्ता शेयर आइपिओ मार्फत निष्कासन गर्ने प्रक्रियामा रहेको छ । आइपिओबाट सङ्कलन हुने ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ मध्ये १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजीमा थप भई हालको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँबाट बढेर ४ अर्ब रुपैयाँ पुग्नेछ भने बाँकी प्रिमियम रकम २ अर्ब ११ करोड २० लाख रुपैयाँ जगेडा कोषमा जाने छ जसले कम्पनीको नेटवर्थ अझै मजबुत हुने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
25.00%
25.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x