साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले घटेर २०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ।
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.९८ प्रतिशत, ९.५% एनसिसि डिबेञ्चर २०८६ का शेयरधनीहरुले ७.७८ प्रतिशत, लक्ष्मी इक्वीटि फण्डका शेयरधनीहरुले ५.५६ प्रतिशत र लक्ष्मी उन्नति कोषका शेयरधनीहरुले ५.४९ प्रतिशतका दरले कमाएका छन् ।
यता,श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले ९.३२ प्रतिशतले गुमाउँदा माउन्टेन इनर्जि नेपाल लिमिटेड ९.१२ प्रतिशत, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड ८.०१ प्रतिशत, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड ७.५८ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड ७.३६ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
