धितोपत्र बजारमा ५९.८७ अङ्कको वृद्धि , नेप्से १९८३.९५ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढेर १९८३ दशमलव ९५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ५९ अंकले बढेर ३८६ दशमलव ०४ को विन्दुमा पुगेको छ ।



आज कूल २६१ कम्पनीहरूका १ कराेड २० लाख २९ हजार ६०३ कित्ता शेयर रु. ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूहहरुकाे शेयर उकालाे लागेका छन् । यता, बैंकिङ उपसमूह ३५ दशमलव ०७ अङ्कले बढ्दा विकास बैंक उपसमूह १०० दशमलव ३९ अङ्कले, वित्त उपसमूह ६७ दशमलव ७३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ११७.०१ अङ्कले, जलविद्युत उपसमूह ९५.३५ अङ्कले, लगानी उपसमूह ३.६८ अङ्कले, जीवन बिमा उपसमूह ३७२.२१ अङ्कले, उत्पादन उपसमूह ७२.३७ अङ्कले, लघुवित्त उपसमूह ५५.५६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १० अङ्कले, निर्जीवन बिमा २८३.४२ अङ्कले, अन्य उपसमूह ३७.०१ अङ्कले र ट्रेडिङ उपसमूह ५३.३२ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x