मुक्तिनाथ विकास बैङ्क लि.ले सामाजिक उत्तरदायित्व कार्यहरूलाई निरन्तरता दिँदै आइरहेको जानकारी दिएको छ । यसै सन्दर्भमा सामाजिक कार्यहरूलाई प्रभावकारी बनाउन बैङ्कले मधेस प्रदेशमा यस महिना विभिन्न अस्पतालहरूमा व्हीलचेयर (Wheelchair) वितरण गरेको सो बैङ्कले बताएको छ ।
बैङ्कले मधेस प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल , गजेन्द्र ना. सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरूको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको सो बैङ्कले बताएको छ । बैङ्कले सो कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउने बिरामीहरूलाई केही राहत पुग्ने बैङ्कको धारणा रहेको पनि सोही बैङ्कले बताएको छ । सो सहयोगहरूबाट मुक्तिनाथ विकास बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, सो सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको सो बैङ्कले बताएको छ ।
साथै, बैङ्कले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत रु २ करोड सम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरू सम्पूर्ण आवश्यक कागजातहरू पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव ब्याजदरमा कर्जा प्रदान गर्दै आइरहेको छ र इच्छुक ग्राहकहरूले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैङ्कको वेबसाइटमा गई अनलाइन मार्फत कर्जा आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ ।
मुक्तिनाथ विकास बैङ्कको सामाजिक प्रयास: मधेस प्रदेशका विभिन्न अस्पतालहरूमा व्हीलचेयर हस्तान्तरण वितरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
