नबिल बैङ्क लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैङ्कले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लु नगरपालिकामा शाखा विस्तार गरेको हो । सो विस्तारसँगै नबिल बैङ्क दुल्लु नगरपालिकाको पहिलो निजी क्षेत्रको बैङ्कका रूपमा सेवा दिन सफल भएको हो ।
दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरू, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रवार दुल्लु शाखाको उद्घाटन गरेको नबिल बैङ्कले जनाएको छ । देशको अग्रणी वाणिज्य बैङ्क नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ ।
दुल्लु नगरपालिका प्रमुख रिजालले नबिल बैङ्कको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताउनुभयो । ‘देशकै अग्रणी बैङ्कले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैङ्कका रूपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठुलो सहयोग पुग्ने विश्वास लिएको छु,’ रिजालले भन्नुभयो ।
नबिल बैङ्कका डेपुटी सिइओ ज्ञवालीले ऐतिहासिक महत्त्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालनमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । डेपुटी सिइओ ज्ञवालीले बैङ्कले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
दैलेख जिल्लाको दुल्लुमा नबिल बैङ्कको २६८ औँ शाखा सञ्चालन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
