मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी “गुरु ट्राभल्स लिमिटेड” सँग व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरूले “गुरु ट्राभल्स लिमिटेड” मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरूमा छुट प्राप्त गर्न सक्ने साे बैंकले बताएकाे छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएकाे छ ।