कुमारी बैङ्कको १९ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्रीमा

Gyanmandu | Achieving Excellence Together
कुमारी बैङ्क लिमिटेडको एक संस्थापक लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको १९ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेका छन्। बैङ्कले सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर खरिदमा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइने जनाएको हो।

बैङ्कको अनुसार इच्छुक संस्थापक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कुमारी क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालय वा कुमारी बैङ्कको टंगाल स्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ।

सूचना अनुसार तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट पर्याप्त माग नआएमा उक्त शेयर अन्य लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ। शेयरको मूल्य भने सम्बन्धित विक्रेताले निर्धारण गरे अनुसार कायम हुने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x