नेष्डाे समृद्ध लघुवित्तकाे नाफा १६ करोड ४७ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले १६ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेष्डाे समृद्ध लघुवित्तले ४ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेष्डाे समृद्ध लघुवित्तले ४५ करोड ३४ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ५८ करोड ४६ लाख रुपैयाँ रहेको छ।

नेष्डाे समृद्ध लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १२.९२ प्रतिशतले घटेर २८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ५.७२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८६ रुपैयाँ १५ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x