आजसम्म कायम शेयरभनीले सन्राइज बैङ्कको साधारण सभामा भाग लिन पाउने



सन्राइज बैङ्क लिमिटेडले यही असार ०३ गते पन्ध्रौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेठ २३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा जेठ २२ (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा आम्रपालि बैङक्वेट्स, बालुवाटार, काठमाडौँमा (भौतिक उपस्थितिका लागि) र भर्चुअल उपस्थितिका लागि जुम वा अन्य भर्चुअल माध्यमबाट बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सन्राइज बैङ्क लिमिटेड र लक्ष्मी बैङ्क लिमिटेड एक आपसमा गाभ्ने/गाभिने र सो गाभ्ने/गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ताले तयार गरेको सन्राइज बैङ्क लिमिटेडको चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सन्राइज बैङ्क लिमिटेड  तथा लक्ष्मी बैङ्क लिमिटेड बिचको शेयर आदान प्रदान अनुपात पारित गरी गाभ्ने/गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x