संस्थापक शेयर बिक्री गर्दै सूर्योदय वाेमी लघुवित्त



सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले ४४ हजार ४६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । लघुवित्तका तिन जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा १० श्रावणदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो लघुवित्तले जानकारी दिएको छ । लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले १० श्रावणबाट सो वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी-०४, ललितपुरमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो लघुवित्तले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x