धितोपत्र बजारमा १७.३५ अङ्कको गिरावट, नेप्से १९४१.७७ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३५ अङ्कले घटेर १९४१ दशमलव ७७ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ९० अङ्कले घटेर ३६९ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

आज कूल २६८ कम्पनीहरूका ७० लाख ४९ हजार ६९९ कित्ता शेयर रु. २ अर्ब ६३ करोड ९५ लाख ०९ हजार ६९७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ५ दशमलव ३६ अङ्कले, विकास बैङ्क उपसमूह ७३ दशमलव ४८ अङ्कले, वित्त उपसमूह ३९ दशमलव ६४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ११०.९३ अङ्कले, जलविद्युत उपसमूह ९.२५ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव २३ अङ्कले, जीवन बिमा उपसमूह १९०.६२ अङ्कले, लघुवित्त उपसमूह ३२.७८ अङ्कले, निर्जीवन बिमा २५१.१२ अङ्कले, अन्य उपसमूह १७.८९ अङ्कले र ट्रेडिङ उपसमूह २.५७ अङ्कले घटेका छन् । यता उत्पादन उपसमूह ४९ दशमलव ६६ अङ्कले बढ्दा सामूहिक लगानी कोष शून्य दशमलव ०९ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x