
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव २४ अङ्कले घटेर २६९८ दशमलव ४५ को विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले घटेर ४५९ दशमलव ६८ को विन्दुमा पुगेको छ ।
आज कूल ३३० कम्पनीहरूका २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर रु. ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह १ दशमलव ८० अङ्कले घट्दा विकास बैङ्क उपसमूह ५४ दशमलव ०९ अङ्कले, वित्त उपसमूह शून्य दशमलव ४१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १६४ दशमलव ४४ अङ्कले, जलविद्युत उपसमूह ११ दशमलव ११ अङ्कले, जीवन बिमा उपसमूह ९३ दशमलव १४ अङ्कले, उत्पादन उपसमूह १०८ दशमलव ७९ अङ्कले, लघुवित्त उपसमूह १० दशमलव ६४ अङ्कले, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव १३ अङ्कले, निर्जीवन बिमा ३१ दशमलव ७१ अङ्कले र ट्रेडिङ उपसमूह ४९ दशमलव ३४ अङ्कले घटेका छन् । यता, लगानी उपसमूह शून्य दशमलव ०९ अङ्कले र अन्य उपसमूह १० दशमलव ९८ अङ्कले बढेका छन् ।
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा १०.२४ अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
