माउण्ट एभरेष्ट डिष्टिलरीले आइपिओ प्रस्तावसहित साधारण सभा बोलायो

माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) अघि बढाउने प्रस्तावसहित आफ्नो पहिलो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले उक्त सभा वैशाख २० गते रुपन्देहीस्थित लुम्बिनी हेरिटेजमा दिउँसो २ः३० बजे आयोजना गर्ने जनाएको छ।

सभामा सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गरिनेछ। साथै, कम्पनीको प्रबन्ध पत्र र नियमावली संशोधन, सञ्चालक समितिका निर्णयहरूको अनुमोदन तथा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x