स्नो रिभर्सको आइपिओ बाँडफाँड सम्पन्न


स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज शेयर बाँडफाँड गरेको हो।

बाँडफाँड नतिजाअनुसार आइपिओमा आवेदन दिएका ७७ हजार ८१२ जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये ५ जना आवेदकले थप १ कित्ता सहित ११ कित्ता शेयर हात पारेका छन्।

कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँ मूल्यको आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरिएको हो।

कुल निष्कासनमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तथा ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको थियो।

त्यसै गरी, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x