आजको तरकारी र फलफूलको मूल्य



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (आइतबार)का लागि सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्य अनुसार थोक बजारमा तरकारीको मूल्य केही सस्तो भएको छ ।जसअनुसार नेपाली ठुलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु(मुडे) ३५रुपैयाँ, सेतो आलु २९ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको प्याज ३५,रुपैयाँ ,बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ६०, भटमासकोशा १००,मटरकोशा १२०, तिते करेला ३०,लौका ४०,परवल ८०,पाकेको फर्सी ४५, घिरौँला ४५,भिण्डी ५०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरिलो ३५०,ब्रोकाउली ७०,तोफु९०,लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ भने चमसूरको साग,११०,पालुङ्गो साग ११०, मेथीको साग ११०, तोरीको साग ४० हरियो लसुन ११०, रायो साग ५०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

त्यस्तै, कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अङ्गुर २०० रुपैयाँ, तरबुजा ४०,भारतीय दसहरी आँप २२०,मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०,आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x