वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि, मलेसिया प्रमुख गन्तव्य

चालु आर्थिक वर्षको नवौँ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत्र महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३,८७,८३९ पुगेको छ। त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २,१७,९५९ पुगेको छ।

अघिल्लो आ.व. वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या १९९.९ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोरोनाको प्रकोप र जारी निषेधाज्ञाका कारण वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्यामा ठुलो प्रभाव परेको देखिन्छ। गत आ.व.को नवौँ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या मात्र २,५६,०३१ रहेको तथ्याङ्कले देखाएको छ । यता, आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म जम्मा ३,५४,६६० जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको चैत्र महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूको प्रमुख गन्तव्य मलेसिया, युएई, साउदी अरेबिया, कतार, कुवेत, साउथ कोरिया, राेमानिया, माल्टा, जापान र पोल्यान्ड रहेको तथ्याङ्कले देखाएको छ।

मलेसिया वैदेशिक रोजगारीका लागि सर्वाधिक श्रम स्वीकृति लिइने मुलुक भएको छ। चालु आर्थिक वर्षको नवौँ महिनामा मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १,८७,२७८ रहेको छ। त्यस्तै, सर्वाधिक श्रम स्वीकृति लिइने अर्को मुलुक युएई रहेको छ। चालु आर्थिक वर्षको नवौँ महिनामा युएईका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९,६८२ रहेको छ। यता, साउदी अरेबियाका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९,६२५ कतारका लागि ३१,७८५ र कुवेतका लागि २३,९२३ रहेको छ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चालु आर्थिक वर्षको नवौँ महिनामा ५.५ प्रतिशतले वृद्धि भएको छ। गत आ.व.को नवौँ महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या मात्र २,०६,६२९ रहेको तथ्याङ्कले देखाएको छ । यता, आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म जम्मा २,८२,४५३ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको चैत्र महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीहरूको प्रमुख गन्तव्य कतार, साउदी अरेबिया, युएई, मलेसिया र कुवेत रहेका छन् ।

कतार वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने मुलुक रहेको छ। चालु आर्थिक वर्षको नवौँ महिनामा कतारका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६९,९३६ रहेको छ। त्यस्तै, वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने अर्को मुलुक साउदी अरेबिया रहेको छ। चालु आर्थिक वर्षको नवौँ महिनामा साउदी अरेबियाका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४६,०९१ रहेको छ। यता, सोही अवधिमा युएईका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४५,२१४, मलेसियाका लागि ३१,६६१ र कुवेतका लागि १०,४९५ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x