
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुर्इ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज १७ गते, आइतबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ ।
आइतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले बढेको देख्न सकिन्छ ।