एसबी सोलुसन्स्ले नबिल बैङ्कमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक लाइभ गरेको छ

एसबी सोलुसन्स् प्रा. लि., नेपालको एक अग्रणी सफ्टवेयर कम्पनीले नबिल बैङ्क लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको सो कम्पनीले बताएको छ । एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्त्वपूर्ण मोड्युल हो, क्याड मोड्युल । नबिल बैङ्कमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसँगै करिब एक वर्षभन्दा बढी समय देखि यसको नियमित रूपमा उपयोग भइरहेको छ र यसले बैङ्कको स्वीकृति पत्रसँगै, क्रण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पूर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गदै आएको सो कम्पनीले जानकारी दिएको छ।

एसबी सोलुसन्स्ले विगत पाँच वर्षदेखि नेपालको लोन अटोमेसन र प्रोसेस अटोमेसनको क्षेत्रमा काम गर्दै आएको बताएको छ । नबिल बैङ्कले स्वीकृति पत्र र कानुनी कागजातहरू क्याड मोड्युलबाट तयार गर्दै गरेको एक वर्ष पुरा भएसँगै एसबी सोलुसन्स्ले आफ्नो डिजिटल लेन्डिङ्गको यात्रामा एउटा कोसेढुङ्गा पार गरेको सोही कम्पनीले जानकारी दिएको छ । डकुमेन्ट जेनेरेसन फिचरले बैङ्कलाई म्यानुअल प्रक्रियाबाट कागजातहरू तयार पार्न लाग्ने समय घटाई ग्राहकहरूलाई छिटो प्रशासनिक सेवाहरू प्रदान गर्न सहयोग गर्दै आएको पनि सो  कम्पनीले जानकारी दिएको छ । कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्क र वित्तीय संस्थाहरूलाई इनोभेटिभ लेन्डिङ्ग अटोमेसन सोलुसन्स्हरु प्रदान गरिसकेको बताएको छ ।

क्याड मोड्युलले स्वीकृति पत्रका जटिल अवस्था र निर्भरताहरूलाई ह्यान्डल गर्न सक्ने गरी डिजाइन गरेको छ, जसले संयुक्त स्वीकृति पत्र पनि सजिलै तयार गर्न सक्ने सो कम्पनीले जनाएको छ । यो प्रणालीले बैङ्क तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरूलाई धेरै सहज बनाउँछ जहाँ प्रयोगकर्ताहरूले केवल एउटा फारम भर्नु पर्ने र त्यसपछि ग्राहकअनुसार स्वीकृति पत्र सहित आवश्यक सम्पूर्ण कानुनी कागजातहरू सिस्टमले आफै तयार पार्ने सोही कम्पनीले जानकारी दिएको छ । साथै, यस प्रणालीले एपीआई कन्जुम गरी अन्य सिस्टमको डाटाहरू लिएर अङ्ग्रेजी इनपुटहरुलाई पनि नेपाली भाषामा अनुवाद गर्न सक्छ जसले प्रयोगकर्ताहरूलाई अझ सहज पार्ने सोही कम्पनीले बताएको छ ।

“हामी क्याड मोड्युल मार्फत नबिल बैङ्कमा हाम्रो सोलुसन सफलतापूर्वक कार्यान्वयन गर्न पाउँदा उत्साहित छौँ । हामी नेपालका सबै बैङ्क र वित्तीय संस्थाहरूमा समान स्तरको कानुनी कागजातहरू कार्यान्वयन गर्ने आशा राखेका छौ । नबिल बैङ्कको सफलता हाम्रो भिजन पूरा गर्नको लागि एउटा ठुलो कोसेढुङ्गा हो,” एसबी सोलुसन्स् प्रा.लि. का सिइओ श्री संजोग मिश्रले भने । “हाम्रो उद्देश्य सधैँ नवीन समाधानहरू प्रदान गर्ने हो जसले बैङ्क र वित्तीय संस्थाहरूलाई उनीहरूको ऋण प्रक्रियालाई सुव्यवस्थित गर्न सक्षम बनाउँछ, र हाम्रो प्रयासले सकारात्मक नतिजा ल्याएको देखेर हामी खुसी छौँ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x