नेपाल बैङ्क र समाज डेण्टल अस्पताल बिच सम्झौता

मिति २०८१ साल असोज १८ गते नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई विल रकमको १५ प्रतिशत र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई १० प्रतिशतले छुट हुने भएको छ ।

यसबाट नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूले काठमाडौँ स्थित नयाँ बानेश्वर, वसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुर स्थित जावलाखेल, ईमाडोल र काभ्रेपलान्चोक स्थित बनेपामा रहेका समाज डेण्टल अस्पतालका क्लिनिकहरूले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x