आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर १८८५ दशमलव ६० को विन्दुमा कायम भएको छ।

आज सनराइज ब्लु चिप फन्डको र  आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा यी कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । कालिन्चोक दर्शन लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत, तारा गाउँ रेजेन्सी होटेलका शेयरधनीहरुले ६.९४ प्रतिशत र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ३.९० प्रतिशतका दरले कमाएका छन् ।

यता सनराइज फोकस्ड इक्विटी फण्ड को शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा उक्त कम्पनीहरूका लगानीकर्ताहरूले १० प्रतिशतलकाे गुमाएका हुन् । त्यस्तै, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ७.२५ प्रतिशत, गुड विल फाइनान्स लिमिटेड ५.७८ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ५.६४ र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड ४.७० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x