राधी विद्युत् कम्पनीको हकप्रद शेयर बाँडफाँड, १३ लाख कित्ता लिलामीमा आउने

राधी विद्युत् कम्पनी लिमिटेडले १ बराबर १.४७५२ को अनुपातमा जारी गरेको हकप्रद शेयर कार्तिक १७ गते बिहीबार बाँडफाँड गरेको छ ।

कम्पनीले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता बराबरको हकप्रद शेयर असोज ५ गतेदेखि असोज २५ गतेसम्म बिक्रीका लागि खुल्ला गरेको थियो, जसमा रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ जना शेयरधनीहरूलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको कम्पनीले बताएको छ । निष्कासन गरेको कुल ९५ लाख ३५ हजार ७६०.९९ हकप्रद शेयर मध्ये १३ लाख ५२७ कित्ता हकप्रद शेयर बिक्री नभएको हुँदा, उक्त हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीका लागि खुला हुने कम्पनीले जनाएको छ ।

यता, आफ्नो कायम हकभन्दा बढी शेयर माग गरी दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद शेयर बापतको रकम कात्तिक २० गते आइतबारदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गर्ने सो कम्पनीले जनाएको छ ।


सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x