नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी ग्रुप पावरको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २६ गते आइतबारका दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ।


नेपाल स्टक एक्सचेन्जमा आइतबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कुल २ लाख ३० हजार ०८२ कित्ता र ङादी ग्रुप पावर लिमिटेडको कुल ८ लाख ३९ हजार ४८२.२२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २.४० प्रतिशत र ङादी ग्रुप पावर लिमिटेडले ४.७५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थिए । कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x