साताको पाचाैँ कारोबार दिन नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले घटेर १९०४ दशमलव ४० को विन्दुमा कायम भएको छ।
आज कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.९६ प्रतिशत, सन्राइज ब्लूचिप फण्डका शेयरधनीहरुले ७.०६ प्रतिशत, सन्राइज फर्स्ट म्युचुअल फण्डका शेयरधनीहरुले ३.९२ प्रतिशत र एभरेष्ट बैङ्क लिमिटेडका शेयरधनीहरुले ३.६० प्रतिशतका दरले कमाएका छन् ।
यता आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा उक्त कम्पनीहरूका लगानीकर्ताहरूले १० प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड-२ ९.०३ प्रतिशत, सामलिङ्ग पावर कम्पनी लिमिटेड ८.२७ प्रतिशत र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ४.१० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
