धितोपत्र बजारमा १७.५६ अङ्कको वृद्धि , नेप्से २०६३.८३ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अंकले बढेर २०६३ दशमलव ८३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अंकले बढेर ३९४ दशमलव ८९ को विन्दुमा पुगेको छ ।




आज कूल २५३ कम्पनीहरूका ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर रु. २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य उत्पादन उपसमूह ३७ दशमलव ३७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले र अन्य उपसमूह २३ दशमलव ९८ अङ्कले घटेका छन् । यता, बैंकिङ उपसमूह १३ दशमलव ७३ अङ्कले बढ्दा विकास बैंक उपसमूह ६२ दशमलव ७८ अङ्कले, वित्त उपसमूह २१.०० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८१.९० अङ्कले, जलविद्युत उपसमूह ३४.३२ अङ्कले, लगानी उपसमूह शून्य दशमलव १४ अङ्कले, जीवन बिमा उपसमूह ५४.२४ अङ्कले, लघुवित्त उपसमूह ४८.९२ अङ्कले, निर्जीवन बिमा २५८.५८ अङ्कले र ट्रेडिङ उपसमूह ६८.९२ अङ्कले बढेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x