माण्डु हाइड्रोपावर लिमिटेडले शेयरधनीहरूलाई १०. ५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ६३ लाख ३७ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीहरूले प्राप्त गर्नेछन्।
माण्डु हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
