
मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडले संस्थापक समूहअन्तर्गतको १ लाख ६२ हजार ५२४ कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ।
हालका लागि उक्त शेयर खरिदमा बैङ्कका विद्यमान संस्थापक शेयरधनीलाई मात्र प्राथमिकता दिइएको बैङ्कले जनाएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।
आवेदन बैङ्कको धरानस्थित केन्द्रीय कार्यालय वा काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडमा बुझाउन सकिने व्यवस्था गरिएको छ।
बैङ्कका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन प्राप्त नभएमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइनेछ।
संस्थापक शेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
