एक्सेल डेभलपमेण्ट बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजार भित्रका विभिन्न स्थानहरूमा १० थान डस्टबिन वितरण गरिएको छ ।
कार्यक्रममा अतिथिका रूपमा इलाम–झापा मैत्री समाजका अध्यक्ष परशुराम खरेल, अर्जुनधारा न.पा. वार्ड नं. ८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेती साथै वडा न. ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा लगायतले बैङ्कको सो पहललाई धन्यवाद दिँदै बजारको सफाइ र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको साथै उहाँहरू सो बैङ्कसँग थप सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो ।
त्यसै गरी, एक्सेल डेभलपमेण्ट बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्थानीय बैङ्क भएकोले स्थानीयको सहयोग अपरिहार्य रहेको र सो बैङ्कले पनि सामाजिक उत्तरदायित्वलाई बहन गरिएको कुरा बताउनु भयो भने बैङ्कका बजार व्यवस्थापन विभागका अधिकृत गजेन्द्र ढकालले सो कार्यक्रमको महत्वबारे प्रकाश पार्दै सफा र हरियाली सहर निर्माण सबैको सामूहिक जिम्मेवारी रहेको हुनाले यस डस्टबिन वितरण कार्यक्रम मार्फत बैङ्कले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताउनु भयो ।
सो कार्यक्रममा शनिश्चरे शाखाका शाखा इन्चार्ज शर्मिला अधिकारी, बैङ्कका कर्मचारी, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सर–सफाइमा योगदान पुर्याउन आह्वान गरे ।
डस्टबिन वितरण कार्यक्रमसँगै बैङ्कले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैङ्कले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
एक्सेल डेभलपमेण्ट बैङ्कद्वारा फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण कार्यक्रम सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
