सिभिल लघुवित्तले आज एघारौँ वार्षिक साधारण सभा गर्दै


सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले फाल्गुन २९ गते (आज) ११ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा बाेगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ११ प्रतिशतका दरले हुन आउने रकम रु. ३ करोड १६ लाख ९३ हजार ६८८ रुपैयाँ ५८ पैसा बराबरको बोनस शेयर र ०.५७८९ प्रतिशतका दरले हुन आउने रकम रु. १६ लाख ६८ हजार ०८८ रुपैयाँ ८७ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

सभाले हाल कायम रहेको पुँजी संरचनामा संस्थापक शेयरधनीकाे तर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीकाे तर्फ ४० प्रतिशत स्वामित्व रहेकोमा सो शेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक शेयरधनीकाे तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीकाे तर्फ ४९ प्रतिशत कायम गर्ने र सञ्चालक समितिमा शेयर स्वामित्व अनुरूप प्रतिनिधित्व हुने गरी व्यवस्था गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १४ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फागुन ११ गते सम्म कायम शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x