धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६९ दशमलव ८० अङ्कले बढेर २७२७ दशमलव ५८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १३ दशमलव ६४ अङ्कले बढेर ४५८ दशमलव ३७ को विन्दुमा पुगेको छ ।
आज कूल ३३० कम्पनीहरूका २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता शेयर रु. १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।
बैङ्किङ उपसमूह ३३ दशमलव ७५ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १८४ दशमलव ७५ अङ्कले, वित्त उपसमूह ३३ दशमलव ३९ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १२४.१५ अङ्कले, जलविद्युत उपसमूह ५३.६७ अङ्कले, लगानी उपसमूह ३.५२ अङ्कले, जीवन बिमा उपसमूह ३१२.६५ अङ्कले, उत्पादन उपसमूह २१८.०१ अङ्कले, लघुवित्त उपसमूह २४४.५० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले, निर्जीवन बिमा ४७०.४३ अङ्कले, अन्य उपसमूह ५५.०४ अङ्कले र ट्रेडिङ उपसमूह ५७.३७ अङ्कले बढेका छन् ।