धितोपत्र बजारमा ७६.६४ अङ्कको वृद्धि, नेप्से २१७७.३४ को विन्दुमा

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले बढेर २१७७ दशमलव ३४ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अङ्कले बढेर ४१४ दशमलव ८७ को विन्दुमा पुगेको छ ।

आज कूल २६० कम्पनीहरूका ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर रु. ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ०७८ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।


बैङ्किङ उपसमूह ३१ दशमलव ७१ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १८६ दशमलव ०२ अङ्कले, वित्त उपसमूह १०४ दशमलव ४७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ९७.५५ अङ्कले, जलविद्युत उपसमूह १३८.६७ अङ्कले, लगानी उपसमूह ४.०५ अङ्कले, जीवन बिमा उपसमूह ४६७.२६ अङ्कले, उत्पादन उपसमूह १७५.५० अङ्कले, लघुवित्त उपसमूह १४६.८८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ३२ अङ्कले, निर्जीवन बिमा ३९५.२६ अङ्कले, अन्य उपसमूह ४४.०१ अङ्कले र ट्रेडिङ उपसमूह ९१.२८ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x