श्रावण ३२ गते देखी हिमालयन ८०-२० निष्कासनमा आउँदै

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने हिमालयन ८०-२० श्रावण ३२ गते देखि निष्कासन हुँदै छ । हिमालयन ८०-२० को निष्कासन बन्द हुने मिति (छिटोमा) भाद्र ०४ रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र १५ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले प्रति इकाई अङ्कित मूल्य रु. १० दरको १० करोड इकाईले हुन आउने कुल रकम रु. १ अर्ब मध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक हिमालयन बैङ्क लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई स्वीकृत विवरण पुस्तिकाको सर्त अनुसार सार्वजनिक रूपमा विक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

सो कम्पनीले प्रति इकाई मूल्य रु. १०/- अङ्कित दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको जनाएको छ ।

सो फण्डकाे इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका र आस्वा (ASBA) सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट सिआस्वा (CASBA) प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग द्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणाली मार्फत पनि आवेदन पेस गर्न सकिनेछ।

सो फण्डकाे धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x