यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर २७९८ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज कूल ३४५ कम्पनीहरूका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर रु. ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ०८८ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ६८ करोड ७७ लाख २४ हजार ७६१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ६६ करोड १४ लाख ६१ हजार ३२३ बराबरको शेयर कारोबार भएको छ ।

यता, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ४१ करोड ५० लाख ४८ हजार ७५२, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ३७ करोड २३ लाख ३० हजार ९६८ र रिडी पावर कम्पनी लिमिटेडको रु. ३५ करोड ६५ लाख ३१ हजार ८८९ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x