आज देखि सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ०४ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार कित्ता नै तोकेको छ।

कम्पनी जारी पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर मध्ये आयोजनाको अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नम्बर १, २, ९ र १०, फक्त्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिक्वाखाेला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखाेला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने नेपाली नागरिकहरुलाई ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरूको लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर तथा सर्वसाधारणहरुकाे लागि सार्वजनिक निष्कासनको लागि छुट्ट्याइएको १५ प्रतिशत अर्थात् ४९ लाख ९८ हजार ७५० कित्ता शेयर मध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।


सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) माघ १८ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फाल्गुन ०४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति पनि माघ १८ गते रहेको कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरुबाट आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x