आज देखि बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन?



बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कार्तिक ०४ गते (आज) देखि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रभावित क्षेत्र अर्थात् बाग्लुङ्ग जिल्लाकाे जैमिनी नगरपालिकाकाे वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा, र बिनामारे गा. बि. स. का तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाकाे लागि आईपीओ विक्री गर्न लागेको हो।

 

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजारसम्म तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका २ लाख ५० हजार कित्ता शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) कार्तिक १८ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा मंसिर ०४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका ताेकिएका शाखा कार्यलयहरुबाट आवेदन पेस गर्न सक्नेछन्।
 
साे कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x