१२% लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भयो नेपाल बैङ्कको ६३ औँ वार्षिक साधारण सभा

मिति २०७९ पौष २९ गते शुक्रबारका दिन नेपाल बैङ्क लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौँको प्राङ्गणमा सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको सभापतित्वमा आयोजना भएको बैङ्कको ६३ औँ वार्षिक साधारण सभा बैङ्कको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै सम्पन्न भएकाे थियो ।

सभाले हालको चुक्ता पुँजी रु.१४,४०,५९,०४,८३१.३० को २ (दुई) प्रतिशतका दरले हुन आउने रु.२८,८१,१८,०९६.६३ (अक्षेरुपी अट्ठाइस करोड एकासी लाख अठार हजार छयानब्बे र त्रिसट्ठी पैसा मात्र) रकम बराबरको बोनस शेयर र चुक्ता पुँजीको १० (दश) प्रतिशतका दरले हुन आउने रु.१,४४,०५,९०,४८३.१३ (अक्षेरुपी एक अर्ब चवालिस करोड पाँच लाख नब्बे हजार चार सय त्रियासी र तेह्र पैसा मात्र) रकम बराबरको नगद लाभांश  (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साथै, बोनस शेयर वितरणबाट बैङ्कको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी रु.१४,६९,४०,२२,९२७.९० (अक्षेरुपी चौध अर्ब उनन्सत्तरी करोड चालिस लाख बाइस हजार नौ सय सत्ताइस र नब्बे पैसा मात्र) कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० का लागि चार्टर्ड एकाउन्टेन्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुङ्गेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेस भएका अन्य प्रस्तावहरू समेत सर्वसम्मतता पारित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x