कालिञ्चाेक दर्शन लिमिटेडले आज ८ औँ वार्षिक साधारण सभा गर्दै



कालिञ्चाेक दर्शन लिमिटेड पिङ्गलास्थान गाैशला काठमाण्डाैँले पौष २२ गते (आज) ८ औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय: कालिञ्चाेक दर्शन लिमिटेड पिङ्गलास्थान, गाैशला काठमाण्डाैँमा दिउँसो ३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।


सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x