माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाख कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५० हजार कित्ता तोकेको छ।
कम्पनी पहिलो चरणमा १२ लाख ४० हजार कित्ता शेयर मध्य आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीय बासिन्दाहरूका लागि ६ लाख कित्ता शेयर र प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेकका स्थाई बासिन्दाहरूका लागि ४ लाख कित्ता शेयर निष्कासन गरेको हो। त्यसै गरी बाकी रहेको २ लाख ४० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) पौष ८ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा पौष २४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति पनि पौष ०८ गते रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आज देखि माया खोला हाइड्रोपावरको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
