ग्लोबल आइएमई लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ ०४ गते, बुधवार बेलुका ४:०० बजे बसेको सञ्चालक समितिको १६५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई २० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने रकम रु. ६ करोड ६३ लाख १० हजार ७१९ रुपैयाँ १२ पैसा बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन आउने रकम रु. ४ करोड ४२ लाख ७ हजार १४६ रुपैयाँ ०८ पैसा बराबरको नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २८ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर मात्र लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x