
नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूह अन्तर्गतका १०,००० कित्ता शेयर बिक्रीमा राखेको छ।
उक्त शेयर विद्यमान संस्थापक शेयरधनी मिरा अग्रवालको स्वामित्वमा रहेको हो। कम्पनीको प्रचलित व्यवस्था अनुसार उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीहरूलाई दिएको जनाएको छ।
इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको कित्ता र मूल्य उल्लेख गरी आवेदन दिन सक्नेछन्। आवेदन कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई समेत बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
नेपाल फाइनान्सको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%
