सबैको लघुवित्तमा राेजगारीकाे अवसर, याेग्यता SLC/SEE पास

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको यस संस्थालाई स्थानिय स्तरमा स्थानिय जनशक्ति प्रोत्साहित गर्ने लक्ष्य अनुरुप समुह परिचालक (करार) पदमा रोस्टर तयार गरि आवश्यकता अनुसार भर्ना गर्नुपर्ने भएकाले रोस्टरमा नाम सुचिकृत गर्न चाहने इच्छुक योग्य उमेद्वारहरुबाट तोकिएको निवेदन, व्यक्तिगत विवरण (CV) सहित यो सूचना प्रकाशित मितिले ७ दिन भित्र यस संस्थाको शाखा कार्यालय, विरेन्द्रनगर सुर्खेतमा आफै उपस्थित भई दरखास्त आव्हान गरिन्छ।

पद : समुह परिचालक
सेवाको किसिम : करार
संख्या : केही
आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि. (SLC) उत्तीर्ण वा SEE मा कम्तिमा २ GPA ल्याई उत्तिर्ण, कुनै सहकारी संस्था वा लघुवित्त क्षेत्रमा काम गरेका उमेद्वारलाई प्राथमिकता दिईनेछ । स्थानिय विवाहित महिलालाई विशेष प्राथमिकता दिईनेछ।
(क) उमेरको हद : आवेदन दिने मिति सम्म १८ बर्ष पुरा भई ५० बर्ष ननाघेको हुनुपर्ने ।


(ख) दरखास्त साथ अनिवार्य पेश गर्नुपर्ने कागजातहरु : हस्त लिखित निवेदनका साथमा नेपाली नागरिकता, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्र, हालसालै खिचेको फोटो र वायोडाटा सहित पठाउनु पर्नेछ । मोटरसाइकल एवं चालक अनुमतिपत्र, साईकल भएका उम्मेदवारलाई बिशेष प्राथमिकता दिइनेछ ।




(ग) आवेदन पेश गर्ने अन्तिम मिति : २०७९/०२/२५ गते कार्यालय समय भित्र।

(घ) सेवा सुविधाहरु : संस्थाको नियम अनुसार हुनेछ ।

नोट : रितपूर्वक प्राप्त दरखास्त मध्ये छोटो सुचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रकृयाको लागी सम्पर्क गरिनेछ । अन्तरवार्ताको समयमा आउंदा निवेदनका साथमा पेश गरिएका प्रतिलिपी कागजातहरुको सक्कल प्रमाणपत्रका साथ आउनु पर्नेछ । कर्मचारी छनौट प्रक्रिया स्थगन गर्ने, रद्ध गर्ने लगायतका सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।


सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड
शाखा कार्यालय,विरेन्द्रनगर,सुर्खेत
सम्पर्क नं. : ०८३५९०२४९,९८६८५४९२७१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x