युनिलिभर नेपाल लिमिटेडले आज २९ औँ वार्षिक साधारण सभा गर्दै

युनिलिभर नेपाल लिमिटेडले यही मङ्सिर २० गते (आज) २९ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल एभरेस्ट, नयाँ बानेश्वर, काठमाडौँमा दिउँसो ४:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश स्वीकृतिको प्रस्ताव र कम्पनीको नियमावलीका व्यवस्थाहरूमा आवश्यक तथा उपयुक्त ठानेका संशोधनका प्रस्तावहरू पनि सोही सभाले पारित गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x