सिभिल बैंकले थालनी गर्‍यो नेपालगन्ज र जानकीमा गो क्यास लेस अभियान

सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौँ वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे बमोजिम नेपालगन्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ ।
 
जानकीमा आयोजित गो क्यास लेस अभियानको उद्घाटन कार्यक्रम उक्त कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवी कठरीयाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेश कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोस्टका प्रमुख प्रहरी सहायक निरीक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर विष्ट, स्थानीय बुध्दिजिवि मोहन उपाध्याय, टिकापुर रिक्सा व्यवसायी मूल समितिका अध्यक्ष लोक बहादुर बुढा क्षेत्री, जानकी अटो सेवाको अध्यक्ष तथा अटो चालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी सङ्घका अध्यक्ष रामेश्वर प्रसाद महतो, विभिन्न टेम्पु व्यवसायीहरूको उपस्थितिमा सम्पन्न भएको बैंकले बताएको छ ।
 
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवी कठरीयाले सुदूरपश्चिम को विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गर्नुभएकोमा सिभिल बैंकलाई धन्यवाद दिनु भयो र यसले यस भेगका जनतालाई डिजिटल माध्यमबाट बैंक कारोबार गर्न बैङ्किङ साक्षरता पनि प्रदान हुने कुरा पनि भन्नु भयो ।
 
त्यसै गरी नेपालगन्जमा आयोजित गो क्यास लेस अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगन्जका उपनिर्देशक छवि लाल घिमिरे, नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख  प्रहरी निरीक्षक हिमालय शाह, नेपाल पत्रकार महासङ्घका अध्यक्ष दामोदर भण्डारी, टेम्पु व्यवसायीहरू र मिडियाकर्मीहरू उत्साहका साथ सहभागी रहेकाे थियाे ।
 
डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरूले सुविधा सँगै सुरक्षा प्रदान गरेको कुरा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले भन्नुभयो ।
 
जतिको बिल आयो त्यति रकम मात्रै डिजिटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरूको विवरणहरूको समीक्षा गरेर फजुल खर्चहरूलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिङ्गो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैंकका चिफ बिजनेस भोला बहादुर विष्टले भन्नु भयो ।
 
सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरूमा सम्म गरी चालीस हजार भन्दा बढी क्यु आर मर्चेन्टहरुलाई आबद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x