“८% नबिल डिवेन्चर २०८९” को निष्कासनको लागि नेपाल एसविआई मर्चेण्ट बैङ्किङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त

नबिल बैङ्क लिमिटेडले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैङ्किङ लिमिटेड नियुक्त गरेको छ । सो सम्बन्धमा दुई कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नबिल बैङ्क लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैङ्किङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

बैङ्कले प्रति ऋणपत्र १,००० रुपैयाँ अङ्कित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने नबिल बैङ्कले जनाएको छ ।

सो ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु. १ अर्ब ८० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु.१ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट निष्कासन गर्न थालेको हो । सर्वसाधारणको लागि छुट्टाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x