समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५२.८१ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ३ कराेड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले १ कराेड ८५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
४९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको समीट लघुवित्तले ५ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, साे लघुवित्तले ३ अर्ब ७२ करोड रुपैयाँ सापटी लिएको छ ।
समीट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.१० प्रतिशतले घटेर ७ करोड ८० लाख रुपैयाँ पुगेको छ । साे लघुवित्तकाे निष्क्रिय कर्जा अनुपात २.२५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ०२ पैसा छ र मूल्य आम्दानी अनुपात ५०.९३ गुणा रहेको छ ।
समीट लघुवित्तको नाफा १ कराेड ८५ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
