सबैको लघुवित्तको नाफामा ८१.९५ प्रतिशतको गिरावट

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८१.९५ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सबैको लघुवित्तले १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा ११ करोड ६२ लाख र सञ्चित मुनाफा १ करोड २६ लाख रुपैयाँ रहेको छ ।


सबैको लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४६.०८ प्रतिशतले घटेर ७ करोड १८ लाख रुपैयाँ छ भने लघुवित्तको वितरणयोग्य मुनाफा ८० लाख ४९ हजार रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.०८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८५ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ९६० को आधारमा मूल्य आम्दानी अनुपात १२५.६५ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x